ताजा अपडेट »

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित बने वर्ष उत्कृष्ट खेलाडी

शुक्रबार, २८ भदौ २०८१, १९ : १४
292 Shares
शुक्रबार, २८ भदौ २०८१
292 Shares

बुटवल । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी बन्न सफल भएका छन् । रोहितको कप्तानीमा नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुन सफल रह्यो। उनको प्रेरणादायी नेतृत्वमा नेपालले वर्ष २०८० मा पहिलो पटक एसिया कप खेल्यो। उनको कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको थियो ।

रोहित टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २५ खेलमा सर्वाधिक ६ सय ८० रन बनाउन सफल रहे। जसमा ५ वटा अर्धशतक सामेल छन्। यस्तै उनले ४ विकेट पनि लिए। नेपाली क्रिकेटले २०८० सालमा प्राप्त गरेको थुप्रै ऐतिहासिक सफलता दिलाउने कप्तान रोहित वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।‌

उनले मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई‌ पछि पार्दै उपाधि चुम्न सफल भएका हुन् । शुक्रबार वर्ष उत्कृष्ट खेलाडी घोषणा गरिएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।