ताजा अपडेट »

एनपीएलका ८ मार्की खेलाडी घोषणा, कुन खेलाडी कहाँबाट खेल्ने ?

शुक्रबार, २८ भदौ २०८१, १६ : ३९
252 Shares
शुक्रबार, २८ भदौ २०८१
252 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का ८ मार्की खेलाडीको घोषणा गरेको छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको हो ।

यस अघि क्यानले एनपीएल खेल्ने ८ फ्रेन्चाईजीको घोषणा गरेको  थियो । जसमा पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली गरी ८ फ्रेन्चाइजीले एनपीएलमा भाग लिने भएका छन् । एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुने क्यानले यस अघि नै जानकारी दिइसकेको छ ।

यसैबीच लक्की ड्र अनुसार रोहित काठमाडौंबाट खेल्ने छन् भने दिपेन्द्र पोखरा, सन्दीप चितवन, सोमबार बिराटनगर, करन लुम्बिनी, आशिफ जनकपुर, भुर्तेल कर्णाली तथा मल्ल सुदूरपश्चिमबाट खेल्ने छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।