ताजा अपडेट »

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

शुक्रबार, २८ भदौ २०८१, १६ : ३२
104 Shares
शुक्रबार, २८ भदौ २०८१
104 Shares

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि शिफारिस हुने निश्चित बनेको हो ।

आवेदन दिने विहिबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ओस्कार अवार्डको ९७औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ ।

यस अघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव समेत प्रदर्शन भएर प्रशंसा बटुलेको ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ । यस फिल्मको केहि दिनअघि मात्र काठमाडौँमा बलिवुडका चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा प्रिमियर गरिएको थियो ।
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।