ताजा अपडेट »

पाल्पामा बसेर चेम्बरको रणनीति तय : आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउनेगरी कार्ययोजना

शुक्रबार, २८ भदौ २०८१, १५ : २७
98 Shares
शुक्रबार, २८ भदौ २०८१
98 Shares

तानसेन । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउँदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला शुक्रबार सम्पन्न भएको छ । सरकारसँगको सहकार्यमा निजी क्षेत्रलाई सबल र सक्षम बनाएर  मात्र समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निश्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ वर्षे कार्ययोजना तय गरेको हो । 

३ वर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सम्बन्ध बिस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक बिकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पुर्याउने, साना तथा मध्यम ब्यवसायिहरुलाइ ब्यवसाय प्रबर्द्धन र ब्यवस्थापन सम्बन्धि तालिम दिने, प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने, परम्परागत मेला तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ । मुलुकमा उत्पादन भएका गुणस्तरीय बस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा ब्यवसायिहरुलाई सहयोग गर्ने, निर्यातका लागि सम्भाबित थप बस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।

त्यस्तै समग्र लुम्बिनी प्रदेशको आर्थिक बिकासका लागि संरचनागत र नीतिगत सुधारका लागि पैरवी गर्ने, साना तथा मझौला उद्यमको सशक्तिकरण गर्ने, साझेदारी र सहकार्य बिस्तार गर्ने, पर्यटन बिकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सहकार्य गर्ने, सीप बिकास तालिमहरु सन्चालन गर्ने कार्ययोजना बनाएको छ । सो अवसरमा चेम्बर लुम्बिनीका विभिन्न उपसमितिहरु गठन भएका छन । उपसमितिहरुमा नीति निर्माण, राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्पर्क समन्वय उपसमिती, तालिम तथा क्षमता अभिवृद्धी, सङ्गठन बिस्तार तथा सदस्य वृद्धि, पर्यटन प्रवर्द्धन, उद्योग, सचिवालय ब्यवस्थापन, वीत्त ब्यवस्थापन, महिला उद्यमशीलता, युवा उद्यमशीलता र अनुगमन उपसमिति छ्न ।

कार्यशालाको समापन गर्दै प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले पाल्पामा सम्पन्न भएको चेम्बरको कार्यशालाले पाल्पाको पर्यटन प्रवर्द्धनको बाटो देखाउँदै लगानीको वातावरण बनाउन आव्हान गरे । निजी क्षेत्रको सहभागीता बिना मुलुकको समृद्धिको परिकल्पना गर्न नसकिने बताउँदै राज्यले नीजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे । चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोखरेलले कार्यशालाबाट तय गरिएको कार्ययोजना कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए । कार्यशालाको सहजीकरण सहजकर्ता मुकुन्द ज्ञवालीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।