ताजा अपडेट »

एमालेको सचिवालय बैठक शुरु

शुक्रबार, २८ भदौ २०८१, १५ : १९
16 Shares
शुक्रबार, २८ भदौ २०८१
16 Shares

 

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । 

केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिन आज बैठक बस्न लागेको बताइएको छ । 

आजको बैठकमा  वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा छलफल हुने कार्यसूची रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।