ताजा अपडेट »

मिष्ट्रर काठमाडौँ प्रतियोगिताको नालीबेली

शुक्रबार, २८ भदौ २०८१, १५ : ०२
226 Shares
शुक्रबार, २८ भदौ २०८१
226 Shares

हिजोआज जतासुकै मिष्ट्रर काठमाडौ राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको चर्चा छ । सफलता पुवर्क चारवटा संस्करण पर गर्दै यो प्रतियोगिता भदौको २८ र भोलि २९ पाचौं संस्करण दशरथ रंगशाला काठमाडौमा हुँदैछ ।

मिष्ट्रर काठमाडौँ प्रतियोगिता इतिहास खोतल्दै जाँदा वि.सं. २०३० सालमा नै एमेच्युर एथ्लेटिक्स युनियन क्लबको प्रथम पटक मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता त्रिभुवन युनिभरसिटीको हलमा आयोजना भएको थियो । सो प्रतियोगितामा भारतको मद्रासबाट आएका खेलाडी हेनरी बबीले उत्कृट प्रदर्शन गरेका भएता पनि उनी भारतिय भएकाले उनलाई अनरी सम्मान दिदै  रधुराज बन्तलाइ प्रथम मि.काठमाडौँ घोषणा गरिएको जानकारहरु बताँउछन्  ।

सो प्रतियोगितामा नेपाली  शारीरिक सुगठन खेलका अघिल्लो पुस्ता रमेशनाथ खनाल दोश्रो भएका थिए   । वि.सं. २०३३ सालमा सोहि संस्थाको आयोजनामा नै झन्दै २० जना खेलाडीको सहभागिता खुला समुहमा भृकुटि मण्डपको सभागृहमा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भयो । त्यसमा धनश्याम मुखीया बिजेता र शिव लाल श्रेष्ठ उपबिजेता बन्न सफल भएका थिए ।

 त्यसपछि वि.सं. २०३८ मा भएको मिस्टर काठमाडौंमा सबै प्रतियोगीलाइ पछि पार्दै शिवलाल श्रेष्ठ उपाधी जित्न सफल भएको उनी बताउँछन्  । लामो समय उक्त प्रतियोगिता निरन्तरा पाउन सकेन । पछि रधुराज बन्त काठमाडौं जेसिसको अध्यक्ष भएपछि पुनः उनले काठमाडौं जेसिसको आयोजना वि.सं. २०४९ सालमा मिष्ट्रर काठमाडौं खुल्ला शारीरिक सुगठन प्रतियोगिताको आयोजना गरे । सो मिष्ट्रर काठमाडौंको उपाधि ज्ञानेन्द्र नकर्मीले जित्न सफल भएका कुरा सो प्रतियोगितामा छैठौ तथा मिष्टर लेग हुन सफल जयेन्द्र राजलवट बताउँछन ।

e61ba410-11a4-4f77-9b1a-358872568d51

तस्वीर : ननिता महर्जन,  प्रथम (महिला) मि. काठमाडौँ बिजेता

उपविजेतामा इश्वर श्रेष्ठ र तेस्रो श्याम श्रेष्ठ भएका थिए । त्यतिबेला मिष्ट्रर काठमाडौं खुल्ला समुहमा आयोजना हुने र खेलाडीहरु मध्ये ६ जनालाई अन्तिम चरणमा लगि उनीहरु मध्ये ५ जनालाई मुल्याकनका आधारमा मि आमश, मि लेग, मि एब्डमिन लगायतको टाइटल र उत्कृष्ट एक जनालाई मिष्ट्रर काठमाडौ उपाधि दिइन्थ्यो , जसमा उतिबेलासम्म कै सर्वाधिक धनराशी रु ३० हजार कुल पुरस्कार रहेको उक्त कार्यक्रमका संयोजक समेत रहेको अग्रज शिवलाल श्रेष्ठ बताउँछन् ।

त्यसपछि वि.सं. २०५४ सालमा भएको  मि काठमाडौंमा श्याम श्रेष्ठ बिजयी भएका थिए । पुनः लामो समय उक्त प्रतियोगिताले निरन्तरता पाएन । वि.सं.  २०७३ सालमा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले पुन प्रथम मिष्ट्रर काठमाडौं नाम राखेर जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्यो । नेपालको सन्दर्भमा सबैभन्दा पहिला शारीरिक सुगठन प्रतियोगितामा महिला विधा समावेश गर्ने श्रेय काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघलाई जान्छ । वि।सं। २०७३ सालमा आयोजित प्रथम मिष्ट्रर काठमाडौंमा नेपालमा प्रथम पटक महिला फिजिक विधा प्रतियोगितामा समावेश गरिएको कुरा सो संघका अध्यक्ष सुरेश सुवेदी बताउँछन् ।  प्रतियोगिताको पुरुष तर्फ नवीन राना र महिला फिजिक बिधा ननिता महर्जनले जितिन् ।

त्यस प्रतियोगिता लगत्तै २०७३ सालमा नै ननिताले थाइलेण्डको पतायामा भएको आठौं विश्व शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेट्रिक्स फिजिक्समा कास्य पदक जितेर शारीरिक सुगठन प्रतियोगिता पहिलो अन्तराष्ट्रिय पदक भित्र्याउने महिला खेलाडीको इतिहास रचिन् । त्यसपछि पुनः काठमाडौं जिल्ला संघले वि.सं. २०७४ साल भाद्र २४ गते दोश्रो मिष्ट्रर काठमाडौं जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगिता सफलता पुवर्क सम्पन्न गरियो । जसमा पुरुष तर्फ प्रणय शाही विजेता बने ।

1   

तस्वीर: नविन राना,  प्रथम  मि. काठमाडौँ बिजेता

र, त्यही संस्करणदेखि नेपालमा पहिलो पटक पुरुष जुनियर विधा समेत थप गरियो जसमा दामोदर श्रेष्ठ विजेता भए । महिला तर्फ रजनी श्रेष्ठ विजेता बने । पछि रजनी श्रेष्ठले २०७६ सालमा इण्डोनेशियामा भएको ५३ औं एशियाली शारीरिक सुगठन प्रतियोगितामा दोहोरो अन्तराष्ट्रिय पदक रजत र कास्य पदक जित्न सफल भएकी थिइन् । ०७५ साल भाद्र २३ गते तेश्रो संस्करण मिष्ट्रर काठमाडौं सम्पन्न भयो । जसमा पुरुष तर्फ बिसन गुरुङ र किशोर कार्की जुनियर च्याम्पियन बने । शोभा मानन्धर महिला तर्फ विजेता भइन् ।

शोभा सन् २०१९ मा नेपालमा आयोजना गरिएको प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडीको इतिहास बनाउन सफल भइन् । चौथों संस्करण मिष्ट्रर काठमाडौंलाई स्तरोन्तरी गरेर राष्ट्रव्यापी बनायो । चौथों मिष्ट्रर काठमाडौं राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०७६ भाद्र २१ गते सम्पन्न गरियो । जसमा पुरुष तर्फ रमेश कार्की र महिला तर्फ रोजी लामा विजेता बनिन् । १७० सेण्टिमिटर भन्दा माथिको समुहमा धिरज धर्ती र १७० सेण्टिमिटर भन्दा तलको समुहमा राजन शाही विजेता बने ।

औजेश जोशी जुनियर च्याम्पियन बनेका थिए । यसपटकको पाचौं संस्करणमा २०८ जना खेलाडीको सहभागीता गराउदै प्रतियोगिताले राष्ट्रिय रेकर्ड राख्न सफलता हासिल गरिसकेको छ । हाम्रो तर्फबाट प्रतियोगिता ऐतिहासिक बनोस शुभकामना छ । जय शारीरिक सुगठन।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार