ताजा अपडेट »

कानुन कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे अन्तरक्रिया

शुक्रबार, २८ भदौ २०८१, १३ : ४६
18 Shares
शुक्रबार, २८ भदौ २०८१
18 Shares

बुटवल । कानुन कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालसँग कानुनका विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् । तिलोत्तमा जानकीनगरमा अवस्थित बीए एलएलबी अध्यापन हुने लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना भएको हो । 

विद्यार्थीसँग अन्तरक्रिया गर्दै प्रजिअ अर्यालले जिल्ला प्रशासन कार्यालयले कानुन कार्यान्वयनको लागि स्थानिय सरकारी निकायहरुसँग समन्वय गरीएको बताए । सङ्घीयता पछि पनि जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाका लागि सुरक्षा निकायहरु परिचालन गर्ने, विवाद समाधानको लागि आवश्यक कदम चाल्ने जस्ता कार्यहरु गर्ने स्पष्ट पारे । 

अन्तरक्रियाका क्रममा विद्यार्थीहरुको प्रश्नहरुको उत्तर दिंदै प्रजिअ अर्यालले आफू रुपन्देहीमा आइसकेपछि नागरिक बडापत्रको अडियो भर्सन बनाएको, नेपाल भारत सीमामा एकद्वार प्रणालीबाट सुरक्षा जाँच गर्ने व्यवस्था गराएको, विमानस्थलको जग्गा संरक्षण गरेको बताए । उनले विद्यार्थीहरुलाई अहिलेको प्रविधिको उपयोग गरी संसारको ज्ञान हासिल गर्न उत्प्रेरित गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।