ताजा अपडेट »

रुपन्देही जिल्ला साइकल संघले प्रथम मेयर कप राष्ट्रिय साईकल दौड प्रतियोगिता गर्ने

शुक्रबार, २८ भदौ २०८१, १३ : २८
176 Shares
शुक्रबार, २८ भदौ २०८१
176 Shares

बुटवल । रुपन्देही जिल्ला साइकल संघ प्रथम मेयर कप राष्ट्रिय साईकल दौड प्रतियोगिता गर्ने भएको छ । संघले असोज २५ गते बसेको बैठकले मंसिर २९ गते प्रथम मेयर कप राष्ट्रिय साईकल दौड प्रतियोगिता गर्न निर्णय गरेको हो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, मेडल , ट्रफि, गिफ्ट हेम्पर र प्रमाण पत्र पाउने रुपन्देही साइकल संघका अध्यक्ष पुकार थापाले बताए । खेलमा ४ बिधाहरु समाबेश गरीएको र पहिलो पटक रुपन्देही जिल्लामै जिल्ला स्तरीय स्कुल साईकल दौड़ प्रतियोगिता पनि गर्न लागिएका अध्यक्ष थापाले बताए ।  

खुला पुरुष तर्फ १५ किमी , ३ ल्याप, खुला महिला तर्फ  १५ किमी, ३ ल्याप, खुला भेटार्न पुरुष तर्फ ४५ं प्लस १०किमी, २ ल्याप) र  खुला जिल्ला स्तरीय स्कुल तर्फ  (१०किमी, २ ल्याप) गरी ४ विधाका खेल हुने अध्यक्ष थापाले बताए ।

खेलले विद्यार्थीहरुलाई  खेल प्रति रुचि बढ्ने र भविष्यमा राष्ट्रीय स्तरको खेलाडिहरु पनि यहि क्षेत्रबाट उत्पादन गर्न सकियोस् भन्ने उदेश्यका साथ गर्न लागिएको खेलमा  जिल्ला भरीका १२ कक्षा मुनिका बिधार्थीहरु ले सहभागिता जनाउन पाउने उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।