ताजा अपडेट »

एनएमबि बैंक भैरहवाद्वारा रुपन्देही क्याम्पसलाइ सहयोग

शुक्रबार, २८ भदौ २०८१, १० : ५२
74 Shares
शुक्रबार, २८ भदौ २०८१
74 Shares

अर्जुनदृष्टि/ बुटवल । एनएमबि बैंक भैरहवा शाखाले भैरहवा स्थित रुपन्देही क्याम्पसलाइ सहयोग प्रदान गरेकोछ ।
बैंकका क्षेत्रीय प्रबन्धक प्रभात सिंह खाती र शाखा प्रबन्धक देवीराम खनाल, बिडिएम जनार्जन पाण्डेले रुपन्देही क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्याय तथा प्राध्यापक लक्ष्मण ज्ञवालीलाइ  १० ओटा डस्टविन र  एउटा वाटर डिस्पेन्सर सहयोग हस्तान्तरण गरे ।

क्षेत्रीय प्रबन्धक प्रभात सिंह खातिले डस्टविनले क्याम्पसको सरसफाइलाइ स्वच्छ राख्न र वाटर डिस्पेन्सरले विद्यार्थी कर्मचारीलाइ  शुद्ध खानेपानीको लागि मद्दत पुग्ने विस्वासले सहयोग हस्तान्तरण गरिएको उल्लेख्य गरे। क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले  रुपन्देही क्याम्पसलाइ  छनौट गरि  सहयोग प्रदान गरेकोमा एनएमबि बैंकलाइ हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा बैंक र क्याम्पस हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

शाखा प्रबन्धक देवीराम खनालले एनएमबि बैंकले  आमजनतालाइ उत्कृष्ट, सरल र छिटोछरितो  बैंकिङ्ग सेवासगै सस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु विभिन्न क्षेत्रमा बिगत देखि नै गर्दै आएको र भविस्य पनि  निरन्तर गरिने जानकारी दिए  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।