ताजा अपडेट »

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

शुक्रबार, २८ भदौ २०८१, १० : ४६
80 Shares
शुक्रबार, २८ भदौ २०८१
80 Shares

काठमाडौं । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ ।

शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो ।

योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ । प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।