ताजा अपडेट »

कोशी सरकारमा काँग्रेस सहभागी हुँदै, आजै ४ मन्त्री नियुक्त हुँदै

शुक्रबार, २८ भदौ २०८१, ०९ : ०६
34 Shares
शुक्रबार, २८ भदौ २०८१
34 Shares

कोशी । कोशी प्रदेश सरकारमा आज (शुक्रबार) नेपाली कांग्रेस सहभागी हुँदै छ । काँग्रेसकातर्फबाट चार जना मन्त्री बन्न लागेका छन् । पार्टीका प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोसी सरकारमा सहभागी हुने भएको हो।

कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले अहिले बिहान साढे ९ बजे शपथ खाने कार्यक्रम रहेको कांग्रेसका प्रदेश महामन्त्री राईले जानकारी दिए। उनका अनुसार उनी भौतिक पूर्वधार मन्त्री बन्नेछन् भने भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन्।

यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने भएका छन्। थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने प्रदेश सांसद राईले जानकारी दिए। गत साउन १२ मै कोसी सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस डेढ महिनापछि आज मन्त्रीसहित सरकारमा जान लागेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।