ताजा अपडेट »

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

शुक्रबार, २८ भदौ २०८१, ०८ : ३१
18 Shares
शुक्रबार, २८ भदौ २०८१
18 Shares

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको हो ।

बोर्डको सीईओका लागि ज्ञवालीसहित पाँच जना अन्तिम छनौटमा रहेका थिए । जसमा ज्ञवालीसहित विष्णु प्रसाद भट्टराई, रघु राज काफ्ले, रामदेव यादव र भिष्म राज ढुंगाना रहेका थिए । ज्ञवाली यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।