ताजा अपडेट »

कल सेन्टरमा सीआईबीको छापा : चिनिया र फिलिपिनीसहित ५० जना पक्राउ

विहीबार, २७ भदौ २०८१, १४ : ५५
154 Shares
विहीबार, २७ भदौ २०८१
154 Shares

काठमाडौं । अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा प्रहरीले ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिएको छ। ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले छापा मारेको हो। 

बुधबार सिआइबीको टोलीले कल सेन्टरबाट ५० जनालाई नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
५० जनामध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक छन्। अन्य व्यक्तिहरूको स्क्रिनिङ भइरहेको एसपी बोगटीले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।