ताजा अपडेट »

तिलोत्तमामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

विहीबार, २७ भदौ २०८१, १३ : ३३
328 Shares
विहीबार, २७ भदौ २०८१
328 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

तिलोत्तमा १५ कोटिहवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रोहिणी गाउँपालिका६ औरहवा बस्ने ४० वर्षीया सुभावती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राती मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा गयराती मृत्यु भएको हो ।  फरार मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको  प्रहरीले जनाएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।