ताजा अपडेट »

निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो

विहीबार, २७ भदौ २०८१, ११ : ०८
58 Shares
विहीबार, २७ भदौ २०८१
58 Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ । निगमको वाइड बडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ ।

सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन भनेको जहाजको नियमित मर्मत हो । यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ । यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरुको विस्तृत परीक्षण गरिन्छ । विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्टि्रक्ल सिस्टमसम्म परीक्षण गरिन्छ । विमानको यसरी गरिने परीक्षण ए चेक, बी चेक, सी चेक र डी चेक गरी चार प्रकारको हुन्छ । ए र बी चेक सामान्य खालको हुन्छ भने सी र डी चेकमा विमानको विस्तृत परीक्षण गरिन्छ । नेपाल वायुसेवा निगमले इटालीको एटीटेक एसपीए कम्पनी छनौट गरेर सी चेक गरेको थियो ।
   
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।