ताजा अपडेट »

गोर्खा राइफल फिलौरा कार्यक्रम सम्पन्न

विहीबार, २७ भदौ २०८१, १० : ४६
184 Shares
विहीबार, २७ भदौ २०८१
184 Shares

बुटवल । पूर्व सैनिक ५/९ गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनाएको छ । परिवारले हरेक वर्ष सेप्टेम्बर ११ मा युद्ध सम्मान दिवस मनाउदै आएको हो ।

बुटवल समितिका अध्यक्ष सुवेदार मेजर राजकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा फलौराका पूर्व ब्रिगेडर भि सन्तोषले नेपाल र गोर्खालीले खेलेको योगदानको चर्चा गर्दै नेपाल भारत र गोर्खाको ईतिहास २ सय वर्ष पुरानो रहेको भन्दै उनले भारतमा ५र९ जिआर सबैभन्दा उत्कृष्ट फौज रहेको बताए । विभिन्न समयमा भएका युद्ध जितका लागि भुमिका खेल्ने सबैलाइ धन्यवाद दिएका थिए ।

उनी हाल जिआरडी गोरखपुरको कमाण्डर समेत रहेका छन् । देशभरबाट करिब ७०० जना भूपू सहभागी कार्यक्रममा बिर नारी युद्ध लडेका तथा जेष्ठ नागरिकलाइ दोसला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा महिला समिति संयोजक सुमित्रा मल्ल, हनरी क्याप्टेन डा नारायण गौतम, रामबहादुर खनाल क्षेत्री, सुर्यबहादुर थापा लगायतले बोल्दै ५/९ जिआरलाइ सफल फौज बनाउन विर गोर्खालीको भुमिका सह्रानिय रहेको बताए । भारत९पाकिस्तान युद्धमा ११ सप्टेम्बर १९६६ मा विजय प्राप्त भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।