ताजा अपडेट »

यु १९ टि ट्वान्टी एसिया कप आयोजना गर्ने निर्णय

विहीबार, २७ भदौ २०८१, ०९ : २०
50 Shares
विहीबार, २७ भदौ २०८१
50 Shares

एजेन्सी । एसियाली क्रिकेट परिषद् (एसिसी) ले महिला यु१९ टि ट्वान्टी एसिया कप आयोजना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसीको कार्यकारी बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।

एसिसीले महिला यु१९ एसिया कप हरेक आइसिसी महिला यु१९ विश्वकपअघि आयोजना गर्ने निर्णय गरेको छ । यसको प्रमुख उद्देश्य एसियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने रहेको एसिसीले बताएको छ ।

‘यो पहलले यस क्षेत्रमा महिला क्रिकेटको विकास र लोकप्रियतालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । आफ्नो इतिहासमा पहिलो पटक, एसिसीले युवा महिला क्रिकेटरहरूको लागि यो प्रतियोगिता अघि सारेको छ । जसले लैङ्गिक समानतालाई बढावा दिन र सबै स्तरहरूमा क्रिकेट प्रतिभाको प्रस्फुटन गर्न आफ्नो अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ एसिसीको विज्ञप्तीमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।