ताजा अपडेट »

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोको आन्दोलन स्थगित

विहीबार, २७ भदौ २०८१, ०८ : २७
46 Shares
विहीबार, २७ भदौ २०८१
46 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको छ । पार्टीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले अघि सारेका मागहरु आंशिक रुपमा पूरा भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको जनाएको छ । 

पार्टीका व्यूरो ईन्चार्ज तिलकले पत्रकार सम्मेलनमा बोल्दै पार्टीले साउन २६ गते गरेको निर्णय अनुसार कांग्रेस सांसद बादशाह कर्मीलाई मन्त्रीबाट राजीनामा दिनुपर्ने र अर्का सांसद धनबहादुर केसीलाई कानुनी कारबाही हुनुपर्ने मागसहित आन्दोलन सुरु गरेकोमा दुबै माग आंशिक पूरा भएपछि आन्दोलनका कार्यक्रम स्थगित गर्नु परेको बताए।निर्मला कुर्मी बेपत्ता तथा हत्या गरेको आरोप लागेको वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मंगलबार मात्र राजीनामा दिएका थिए । उनको बुधबार मूख्यमन्त्री चेतनारायाण आचार्यले राजीनामा स्वीकृत समेत गरेका छन् । 

यसैगरी अर्का सांसद केसीले अदालतमा आत्मसम्पर्ण गरी कैद भुक्तान गरेको भन्दै ईन्चार्ज तिलकले अबको आन्दोलन जिल्ला र स्थानीय तह केन्द्रीत हुने बताए । उनले कुर्मीमाथी अब थप अनुसन्धान हुनुपर्ने र अर्का सांसद केसीलाई विवादित फैसला दिने न्यायधिशमाथि पनि दबावमुलक कार्यक्रम आयोजना गरिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।