ताजा अपडेट »

अर्घाखाँचीमा जिप दुर्घटना अपडेटः एक जनाको मृत्यु

बुधबार, २६ भदौ २०८१, १४ : ०४
2.09K Shares
बुधबार, २६ भदौ २०८१
2.09K Shares

बुटवल। अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बुधवार गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँची शितगंगा नगरपालिका–१२ हिले खोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा  ९ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको र मृतकको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची डीएसपी प्रतीकसिंह राठौरले  बताए ।  

घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  ल्याइँदै छ । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।