ताजा अपडेट »

चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध

बुधबार, २६ भदौ २०८१, १२ : ३१
42 Shares
बुधबार, २६ भदौ २०८१
42 Shares

काठमाडौं । चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ फुटबल एसोसियंसाले दुई वर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरुलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

अनुसन्धानले चीनमा १२० खेलमा फिक्सिङ भएको जनाएको छ, जसमा ४१ फुटबल क्लब संलग्न रहेको पाइएको छ । प्रतिबन्ध लाग्ने खेलाडीमा चीनको राष्ट्रिय टिमका पुर्व तीन खेलाडी सामेल छन् । जसमा जिन जिंगडाओ, गुओ टियान्यु र गु चाओ रहेका छन् भने दक्षिण कोरियाका सन् जुन हो पनि रहेका छन् । उनीहरुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाली खेलाडी सन गत मार्चमा चीनमा १० महिनासम्म पक्राउ परेपछि दक्षिण कोरिया फर्किएका थिए ।

एसोसियसनका अध्यक्ष संग काइले यस प्रकरणमा ४३ जनालाई आजीवन प्रतिबन्ध लगाइएको र अन्य १७ जनालाई पाँच बर्षको प्रतिबन्ध लागेको जानकारी दिएका छन् । यस अघि अगस्तमा पुर्व उपाध्यक्षलाई अनियमितताको आरोपमा ११ बर्षको जेल सजायमा पठाइएको थियो भने एसोसियसनका पुर्व अध्यक्षलाई गत मार्चमा आजीवन काराबासमा पठाइएको थियो ।
    
       

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।