ताजा अपडेट »

अनशन बसेका पूर्व मुख्यमन्त्री कार्कीलाई प्रहरीले उठाएर आफ्नै निवासमा छाड्यो

मंगलबार, २५ भदौ २०८१, २१ : ०६
46 Shares
मंगलबार, २५ भदौ २०८१
46 Shares

कोशी । प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट उठाएर उनकै निजी निवासमा छाडेको छ। कार्कीलाई टंकिसिनवारीस्थित उनको निजी निवासमा छाडिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार, प्रदर्शनस्थलबाट नियन्त्रणमा लिइएका बाँकी १५ जनालाई भने प्रहरी कार्यालयमै राखिएको छ।
प्रदेश सभाबाहिर निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले त्यो ठाउँ खाली गराइएको डीएसपी बस्नेतको भनाइ छ।विराटनगरको देवकोटा चोकबाट नियन्त्रणमा कार्कीलाई नियन्त्रणमा लिएपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए।

प्रहरी र कार्कीका समर्थकबीच केही समय घम्साघम्सी पनि चलेको थियो। १० वर्ष मुनिका बालबालिकाको निस्शुल्क उपचार कार्यक्रम निरन्तरता दिन माग गर्दै कार्की मंगलबार दिउँसो ४ बजेदेखि अनसन बसेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।