ताजा अपडेट »

रुपन्देहीमा विद्यालयले कक्षा वृद्धि गर्दा भर्ना शुल्क नलिने सहमती

मंगलबार, २५ भदौ २०८१, २० : १४
256 Shares
मंगलबार, २५ भदौ २०८१
256 Shares

बुटवल ।  विद्यालयले कक्षा वृद्धि गर्दा भर्ना शुल्क नलिने सहमती भएको छ । कानूनले निर्धारण गरे बमोजिम विद्यार्थिले छात्रवृत्ति प्राप्त गरे नगरेको र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यविधिसँग जोडिएको विषयमा आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ रुपन्देही तथा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति एवं नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रुपन्देही बीच त्रिपक्षीय छलफल भएको थियो । 

छलफलमा दोहोरो भर्ना तथा कक्षा वृद्धि गर्दा भर्ना शुल्क लिन नपाईने सहमती भएको नेविसंघका रुपन्देही सभापति सन्दिप पाण्डेले बताए । यस्तै कक्षा ११ र १२ को छात्रवृत्ति, मासिक शुल्क सम्बन्धमा स्थानीय पालिकाहरुको नियम, कानून र निर्देशिका बमोजिम गर्ने साथै पालिकाले तोकेको भन्दा बढी लिएको शुल्क अविलम्ब समायोजन गर्ने पनि सहमति भएको पाण्डेले बताए । 

विद्यालय परिसरबाट कुनै किसिमका शैक्षिक सामग्री तथा पोशाक विक्रि बितरण नगर्ने र नगराउने, ट्राफिक नियम बमोजिम सिट क्षमता अनुसार मात्र विद्यार्थी ओसार(पसार गराउने, टेन्डर प्रकियाबाट मात्र चमेना गृह सञ्चालन गरी सर्वसुलभ रुपमा खाजा तथा नास्ताको व्यवस्था मिलाउने र शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम वार्षिक शुल्क २ महिना बराबरको मात्र लिन पाईने गरि सहमति भएको उनले बताए ।

1704eb98-c7e6-4753-856f-c898c6234371

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।