ताजा अपडेट »

नेपाली संघ संस्थाहरुलाई एउटै नेटवर्कमा राख्दै नेपाली सर्च ईन्जिन

मंगलबार, २५ भदौ २०८१, १५ : ०१
158 Shares
मंगलबार, २५ भदौ २०८१
158 Shares

बुटवल ।  नेपालमा ईन्टरनेटको सहजीकरण सँगै आइटी कम्पनीहरुको विकास हुँदै जाने क्रम शुरूवात हुँदै गर्दा नेपाली सर्च ईन्जिन प्रा.लि.को स्थापना भएको छ । प्रायः नेपालमा गुगल, फेसबुक, टिकटक र इन्स्टाग्रामको माध्यमबाट नयाँ कुराहरू खोजी गरिन्छ यी सवै बिदेशी लगानीका कम्पनीहरु हुन त्यसैले सहजरूपमा सेवा सुविधा लिन निकै कठिनाइ हुनुको साथै नेपालबाट बाहिरिने ठूलो रकम रोक्ने उदेश्यसहित कम्पनीको स्थापना गरिएको हो।

अहिले हरेक देशमा आफ्ना सर्च इन्जिन छन् अब नेपाल र नेपालीको आफ्नै देशको सर्च इन्जिन बनाउने उदेश्यराखि नेपाली सर्च इन्जिन प्रा.लि.को शुरूवात भएको छ । सूचना तथा सञ्चारको क्षेत्रमा विश्वले फड्को मार्दै गर्दा धेरै नेपाली संघसंस्थाहरु अझै पनि त्यसको पहुँच भन्दा बाहिर रहेका छन् । नेपाल भित्र रहेका सबै संघसंस्थालाई एउटै नेटवर्क भित्र समावेश गर्ने उद्देश्यका साथ नेपाली सर्च इन्जिन प्रा.लि. को स्थापना गरिएको हो । नेपालका सम्पुर्ण संघसंस्थाहरु, व्यवसायहरुलाई अनलाइनको माध्यमबाट एउटै ठाउँमा सजिलोसँग जानकारी लिन सक्ने गरि अहिले नेपाली सर्च इन्जिनले आफ्नो कार्यलाई तीव्र रुपमा अगाडि बढाएको छ ।

नेपाली सर्च इन्जिनमा विभिन्न संघसंस्थाको जानकारी तथा सेवा सुविधाको बारेमा जानकारी लिन सकिन्छ । सूचना तथा सञ्चारको युगलाई अझै छिटो र छरितो बनाइ नेपाली बजारको सेवा र जानकारी लिनका लागि नेपाली सर्च इन्जिन सबैको रोजाइ बन्दै जाने छ । कम्पनी स्थापनाको शुरूवातमा यो बिषयमा बजारमा बुझाउन गार्हो भए पनि पछिल्लो समयमा सबै व्यवसायीहरूको रोजाइमा पर्न सकेको र छिटोभन्दा छिटो नेपालको पहिलो सर्च इन्जिनको रुपमा  wwww.nepalisearchengine.com सबैको आकर्षक हुने दाबि कम्पनीले गरेको छ ।

अहिले वेबसाईट र एनरोइड एप्लिकेसनको माध्यमबाट सेवा सुरु गरेको र नेपाली सर्च इन्जिनको आइओएस एप्लिकेसन पनि छिटोभन्दा छिटो बजारमा आउने कम्पनीले जनाएको छ । नेपाली बजारमा आइटी कम्पनीहरुको विस्तार हुँदै गर्दा फरक खालको सेवाहरु दिने नेपाली सर्च इन्जिन नेपालकै पहिलो कम्पनी रहेको कम्पनीको दाबि छ ।

नेपाली सर्च इन्जिनले आफ्नो सेवाहरु रुपन्देहीबाट शुरु गरेको र आफ्नो सेवाहरुलाई चितवन, काठमाडौँ, ईलाम, झापा, मोरङ्ग, सुनसरी, दाङ, पोखरा, नवलपरासी, कपिलवस्तु, नवलपुर, बाँके र सुर्खेत जिल्लाबाट पनि सेवा सुचारु गरेको  र आगामी वर्षमै आफ्ना सेवाहरुलाई देशभर बिस्तार गर्ने कम्पनीले जनाएको छ । नेपालभर सयौँलाई रोजगारी समेत दिने योजना कम्पनीको छ ।

नेपाली सर्च इन्जिनमा सबै संस्थाको जानकारी र सेवाको बारेमा आफुलाई जुन स्थानीय तहमा आवश्यकता भयो त्यही स्थानीय तहमा आवश्यकता अनुसारको विवरण ब्लमचयष्म मोबाइल एप्लिकेसन डाउनलोड गरि तथा  सर्च गरि खोज्न सकिने  छ ।

नेपाली सर्च इन्जिनले नेपालभर सञ्चालनमा रहेका सम्पुर्ण पसल संघ संस्था, व्यवसाय, उद्योगहरु तथा व्यवसायिक व्यक्तिहरुको सम्पूर्ण जानकारीसहित अनलाइन व्यवसायीक प्रोफाइल न्युनतम शुल्कमा बनाइ व्यवसायको प्रवर्द्धन, बिस्तार र प्रचारप्रसार गर्ने गरेको छ । नेपाली सर्च इन्जिनको सहयोगमा आफ्नो उत्पादनहरुलाई अनलाइनको माध्यमबाट सहजरूपमा बिक्री वितरण गर्ने , होटल बुकिङ्ग सेवा उपलब्ध गराउने , हस्पिटल र क्लिनीकका डाक्टरहरुको भेटने व्यवस्था लिन  सकिने, स्कुल तथा क्याम्पसमा अनलाइनबाट नै भर्ना गर्न सकिने व्यवस्था, जागिर खोज्ने र दिने बिचमा समन्वय गराइने, सेकेन्ड ह्यान्ड बजारिकरण र घरजग्गा बिक्री तथा भाडामा लिनेदिने सुबिधा रहेको र आगामी दिनहरूमा सुविधाहरुलाई पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।