ताजा अपडेट »

असोज ३ गतेसम्म उपत्यका नछाड्न सांसदहरुलाई एमालेको निर्देशन

मंगलबार, २५ भदौ २०८१, १४ : ४१
108 Shares
मंगलबार, २५ भदौ २०८१
108 Shares

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देश गरेको छ। पार्टीका मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूलाई मोबाइलमा फोन र सन्देशमार्फत उपत्यका नछाड्न आग्रह गरेका हुन्। 

उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद्‌मा दर्ता गर्ने तयारी अघि बढाइएसँगै सांसदहरूलाई एमालेले उपत्यका नछाड्न भनेको हो। ‘उपत्यका बाहिर भएका सांसदलाई २९ गतेसम्म काठमाडौँ आइपुग्न भनिएको छ,’ एक सांसदले भने, ‘कोहीलाई फोन र कोहीलाई मेसेजमार्फत खबर आएको छ।’

‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ। संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।

सोही व्यवस्थामा टेकेर रानाविरुद्ध प्रस्ताव दर्ता गराउन लागिएको हो। पदीय आचरणविपरित रहेर अमेरिकी दूतावासमा भिसा प्रक्रियाका लागि रानाले सिफारिस गरेको र उक्त कार्य नियतवस भएको एमालेले बताएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।