ताजा अपडेट »

वृद्धाको हत्या गरी कोठामा तल्ला लगाएर फरार हुने व्यक्ति पक्राउ

मंगलबार, २५ भदौ २०८१, १३ : ३५
102 Shares
मंगलबार, २५ भदौ २०८१
102 Shares

बुटवल।  वृद्धको हत्या गरी फरार रहेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय डोटीले आज पक्राउ गरेको छ । डोटी जिल्लाको दिपायल सिलगढी न.पा. वडा नं. ०६ सिलगढी बस्ने ७५ को वर्षका कालु सिंह विष्टलाई हत्या गरी घरकै कोठामा ताल्चा लगाइ फरार रहेका सोही ठाउँका २१ वर्षीय सरोवर श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीमा डिएसपी भिमलाल भट्टराईले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयमा डोटीमा विगत ३ दिन पहिलादेखि हराएको हुँदा खोज तलास गरी पाउँ भनी भदै २० गते निवेदन आएको थियो । मृतकको घरको कोठामा ताल्चा लगाएको र कोठा भित्र मृत अवस्थामा फेला परेको हुँदा घटना शङ्कास्पद रहेकोले प्रहरीले घट्नाका सम्बन्धमा तत्कालै अनुसन्धान टोली गठन भई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको समन्वय र जिल्ला प्रहरी कार्यालय कैलाली धनगढी समेतको सहयोगमा आजै जिल्ला डोटी दिपायल सिलगढी न.पा. वडा नं. ०६ सिलगढी बस्ने अं. वर्ष २१/२२ को सरोवर श्रेष्ठ लाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डोटीका डिएसपी भिमलाल भट्टराईले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।