ताजा अपडेट »

आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिताको तयारी तिब्र

मंगलबार, २५ भदौ २०८१, ०८ : ०४
42 Shares
मंगलबार, २५ भदौ २०८१
42 Shares

बुटवल । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८१ भैरहवामा हुने भएको छ । संघका अध्यक्ष सुजल पुनले असोज ६ गते हुने प्रतियोगिताको तिव्र तयारी भैरहेको बताए । 

स्नुकरको क्रेज र विकासको गतिलाई जोड्ने गरि प्रतियोगिताहरु जरुरी रहने भन्दै उनले रुपन्देही खेलाडी जन्माउने उर्वरभूमि भएको दाबी गरे । भैरहवा नारायणथानस्थित क्रेजि क्यु क्लब हाउसमा हुने प्रतियोगितामा तयारी अन्तिम चरणमा पुगेको उनले बताए । रुपन्देहीमा राष्ट्रिय प्रतियोगिता समेत गर्ने तयारीमा रहेको उनले बताए । यसैगरी स्नुकर खेलको विकास र प्रचारप्रसारमा संचार क्षेत्रबाट भएको योगदानलाई मध्येनजर गरि पत्रकार सम्मान कार्यक्रमलाई समेत निरन्तरता दिने उनले बताए ।


प्रतियोगिता बारे जानकारी दिन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका संस्थापक अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले रुपन्देही जिल्लाका विभिन्न पालिकाहरुमा यो खेल हुने गरेको हुँदा फरकफरक क्षेत्रमा प्रतियोगिता गर्ने अभ्यास शुरु गरेको बताए । स्नुकरप्रतिको आम नागरिक र प्रहरी, प्रशासनको सोचलाई परिवर्तन गर्न यहाका संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको समेत उनले बताए । संस्थालाई नयाँ र युवाहरुबाट निरन्तर पुस्तान्तरणलाई जोड दिनुपर्ने उनले सुझाव दिए । 

कार्यक्रममा संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले स्नुकर खेलप्रतिको युवाहरुको आकर्षणलाई मध्येनजर गरि प्रतियोगिता गर्न लागेको बताए । पहिलो पटक भैरहवामा आयोजना हुन लागेको प्रतियोगितालाई भब्य र सभ्य रुपमा सफल बनाउने गरि तयारीमा लागेको उनले बताए । 

रुपन्देही जिल्लामा आवद्घ रहेका सदस्यले प्रतियोगितामा भाग लिन पाउनेछन। राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले पनि भाग लिन सक्ने छन् । एक सय बढी खेलाडीहरुले भाग लिने प्रतियोगिताको उपाधि विजेतालाई नगद ६१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि हाईयस्ट ब्रेकरलाई नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने बताइएको छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, स्नुकर संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष राजु प्रधान, संघका सचिव प्रकाश क्षेत्रीले खेल विकासमा स्थानीय सरकारको सहयोग जरुरी रहेको बताए । हाल रुपन्देहीमा ४४ वटा स्नुकर हाउसहरु संचालनमा छन भने धेरै राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी रुपन्देहीबाट उत्पादन भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।