ताजा अपडेट »

भाटभटेनीको २८ औँ स्टोर पोखराको तालचोकमा

सोमबार, २४ भदौ २०८१, १५ : २५
130 Shares
सोमबार, २४ भदौ २०८१
130 Shares

बुटवल  । नेपालमा अन्तराष्ट्रिय स्तरको सपिङ्ग प्रदान गर्दै आइरहेको मुलुककै ठूलो चेन सुपरस्टोर  भाटभटेनी सुपरमार्केट्सले २८औँ स्टोर पोखराको तालचोकमा खोल्ने भएको छ ।

२८औँ स्टोर निर्माणका लागि सोमबार बिहान भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले भूमि पुजन गरी काम थालेका छन् । भाटभटेनीका २७ वटा स्टोर यसअघि निर्माण सम्पन्न भइसकेर सञ्चालनमा आएका छन् ।

WhatsApp-Image-2024-09-09-at-9.30.29-AM-1725853682

पोखरा महानगरपालिकामा यसअघि पनि भाटभटेनीले स्टोर सञ्चालनमा ल्याइसकेको छ । काठमाडौं उपत्यकाबाहिर एउटै महानगरमा दुई वटा स्टोर पोखरामामात्रै सञ्चालनमा ल्याउन लागिएको छ । विभिन्न क्षेत्रबाट पोखरामा बसाइँसराईको दर बढ्दो अवस्थामा रहेको र भाटभटेनीको अर्को स्टोर आवश्यकता देखेर तालचोकमा निर्माण गर्न लागिएको गुरुङले बताएका छन् । यस २८औँ स्टोरमा पाँच सय जनाले रोजगारी प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । 

२ लाख २५ हजार ६ सय स्क्वायर फिटसहित दुईवटा सिनेमा हल पनि उक्त भवनमा रहने व्यवस्थापक विनोद भट्टराईले बताए ।    करिब एक अर्ब लागतमा स्टोर सञ्चालनमा आउने छ ।  भूमि पुजन समारोहमा पोखराका उद्योगी, व्यवसायी तथा स्थानीयको पनि उपस्थिति रहेको थियो ।


पर्यटकीय नगरीको रुपमा परिचित पोखरामा दोस्रो भोटभटेनीको सुरुवात हुन लागेको भन्दै स्थानीय, उद्योगी, व्यवसायीले खुसी व्यक्त गरेका छन् । भाटभटेनीले कोभिडका बेला पनि मुलुकका विभिन्न स्थानमा आफ्ना स्टोर विस्तार गर्दै अघि बढेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।