ताजा अपडेट »

कोरोना बिमाको भुक्तानी बारेको रिट न्यायाधीश मुसलमानको इजलासमा

सोमबार, २४ भदौ २०८१, १२ : २५
64 Shares
सोमबार, २४ भदौ २०८१
64 Shares

काठमाडौं । कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटमा आज पेशी तोकिएको छ । यो मुद्धाको पेशी सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा तोकिएको छ ।  निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् । सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ ।

कोरोना महामारीका बेला बिमितले गरेको कोरोना बिमा वापतको अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।