ताजा अपडेट »

ई–सेवा र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था बिच सम्झाैता

सोमबार, २४ भदौ २०८१, ०७ : ४७
28 Shares
सोमबार, २४ भदौ २०८१
28 Shares

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र ई– सेवा बिच विभिन्न विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार संस्था र ई–सेवा बिच नगद भुक्तानीलाई अनलाइन डिजिटल मार्फत सेवा सञ्चालन गर्न सहयोग पुग्ने भएको छ । यस सम्झौता अनुसार ई– सेवा प्लेटफर्म मार्फत संस्थामा आबद्ध ग्राहक सदस्यहरूले कर्जाको साँवा व्याज र बचत रकम जम्मा तथा भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहक सदस्यहरूले कुनै पनि समयमा ई–सेवा मार्फत रकम भुक्तानी गर्दा तत्कालै खाता क्रेडिट गरी भुक्तानी प्रक्रिया सहज र सरल हुने भएको छ ।

उक्त सम्झौतामा ई–सेवाका तर्फबाट बुटवल शाखाका प्रमुख रविन्द्र पोख्रेल र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाल ले हस्ताक्षर गरेका हुन । सो अवसरमा ई–सेवा बुटवल शाखाका अधिकृत  लक्ष्मण ज्ञवाली तथा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका अनुपालन तथा जोखिम व्यवस्थापन महाशाखा प्रमुख का.मु. मुख्य व्यवस्थापक पीताम्बर नेपाल रसमेतको उपस्थिति रहेको थियो ।

लघुवित्तको कारोबार गर्न राष्ट्रिय स्तरको संस्थाको रूपमा इजाजत पत्र प्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले हाल ५६ जिल्लामा १ सय ८९ शाखा कार्यालय मार्फत ग्रामीण क्षेत्रमा बसोवास गर्ने २ लाख १६ हजार भन्दा बढी विपन्न वर्गका सदस्य हरू (विशेष गरी महिला)हरूको आर्थिक तथा सामाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको  छ ।  ग्राहक सदस्यहरूको सुविधाका लागि अनलाइन डिजिटल मार्फत सेवा विस्तार गर्न गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।