ताजा अपडेट »
चलचित्र शाम्बाला प्रिमियर

चलचित्र ‘शाम्बाला’ काे प्रिमियर सम्पन्न,  बलिउडका कलाकार देखि नेपाली नेताहरूको उपस्थिति

लगानीकाे हिसाबले अहिले सम्मकै मंहगो

सोमबार, २४ भदौ २०८१, ०७ : ३०
38 Shares
सोमबार, २४ भदौ २०८१
38 Shares

काठमाडौँ । नेपाली चलचित्रको इतिहासमा सबैभन्दा महगाे लगानीमा निर्माण गरिएको चलचित्र ‘शाम्बाला’ काे आइतबार काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । निर्देशक मीन बहादुर भामले १४ करोड भन्दा बढी लगानीमा चलचित्र ‘शाम्बाला’ निर्माण गरेका हुन् । यही भदाै २८ गते बाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रको प्रिमियरमा बलिउड कलाकार देखि नेपाली नेताहरू सम्मकाे उपस्थिति रहेको थियो ।

चलचित्रको आइतबार बेलुकी काठमाडौँको छायाँ सेन्टरमा प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा बलिउड बाट विशेष अतिथिका रूपमा चर्चित भारतिय निर्देशक अनुराग कश्यप तथा चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकी उपस्थित भएका थिए । उनीहरू निर्देशक भामकाे निमन्त्रणामा विशेष अतिथिका बनेर नेपाल आएका हुन् ।

Untitled-1
छाया सेन्टरमा रहेको हलमा आयोजित प्रिमियर कार्यक्रममा नेपाली चलचित्र उद्योगका चर्चित कलाकारहरूसङै नेपाली राजनीतिका चर्चित अनुहार हरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ अभिनेता निर शाह, चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता दयाहाङ राइ, नाजीर हुसेन, जितु नेपाल, लेखक– निर्देशक उपेन्द्र सुब्बा, अभिनेता कर्मा शाक्य, अभिनेत्री मिरूना मगर, गायिका इन्दिरा जोशी लगाएका थुप्रै कलाकाहरूकाे उपस्थिति थियो ।

3

यस्तै गरी अन्य चर्चित व्यक्तिहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेकपा एमालेका नेता  प्रदीप ज्ञवाली, रघुजी पन्त, राश्वपाका सुमना श्रेष्ठ, असिफ शाह, नेपाली काङ्ग्रेसका नेता  विश्व प्रकाश शर्मा उद्योगी निर्वाण चौधरी लगायत थुप्रै चर्चित हस्तीहरूका साथै सञ्चारकर्मीहरूको पनि राम्रै उपस्थिति रहेको थियो ।

अहिलेको समयमा ५–६ करोड लगानी गरेर बनेका नेपाली चलचित्रहरूले समेत बजारबाट लगानी उठाउन नसकीरहेकाे अवस्थामा यति ठुलो बजेटको चलचित्र सार्वजनिक प्रदर्शनमा आउन लागेको हो । दुई दर्जन बढि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन गरीसकेपछि यो चलचित्रलाई निर्देशक भामले नेपालमा सार्वजनिक प्रर्दशन गर्न लागेका हुन् । गत महिना काठमाडौँमा गरीएकाे पत्रकार पत्रकार भेटघाट कार्यक्रममा निर्देशक आफूले अन्तर्राष्ट्रिय बजारको लागि यो चलचित्र बनाएको दाबी गर्दै अन्तर्राष्ट्रिय बजारबाटै यसको लगानी उठ्ने दाबी समेत गरेका थिए । 

उचभभभ

यो भन्दा अगाडी चलचित्र कालो पोथी  बनाएर अन्तर्राष्ट्रिय बजारमा आफूलाई चिनाएका निर्देशक मीनबहादुर भामले यो चलचित्र पनि अन्तर्राष्ट्रिय दाताको सहयोगमा तयार गरेका हुन । चलचित्र निर्माणमा सघाउने विभिन्न अन्तर्राष्ट्रिय दाता संस्थाहरूले यो चलचित्रमा लगानी गरेका छन् । निर्देशक भाम स्यमं र अविनाश विक्रम शाहले लेखेको यो चलचित्रको स्क्रिप्ट विभिन्न अन्तर्राष्ट्रिय स्क्रिप्ट प्रतियोगितामा उत्कृष्ट भएपछि यसले विदेशी लगानी पाएको हो  ।

भहहहह

यो चलचित्र बर्लिन् फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट हुने पहिलो नेपाली फिचर चलचित्र पनि हो। यो चलचित्र स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलको ७७औँ संस्करणमा पियाजा ग्राण्डे विधामा पनि छनोट भएको छ । चलचित्र हालसम्म कुल ४० देशका सिनेमा हलमा रिलिजको लागि प्रदर्शन अधिकारसमेत बिक्री भइसकेको बताइएको छ । 

चलचित्र शाम्बालामा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्ला लगायतका कलाकारहरुको मुख्य भूमिका छ । चलचित्रमा नेपालीसँगै केही विदेशी कलाकार पनि रहेका छन् । नेपालको उच्च हिमाली गाउँकी बहुपति विवाहित एक एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्राको कथा यस चलचित्रमा समेटिएको छ । नेपालमा यो चलचित्रलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरण गर्दैछ ।उमममममममलकलबवषत्रच

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।