ताजा अपडेट »
गर्भिणी गाई हत्या प्रकरणा

गोठमा बाँधेको गर्भिणी गाई चाेरी काटेर खाने चार जना दमक बाट पक्राउ

आइतबार, २३ भदौ २०८१, २१ : २३
248 Shares
आइतबार, २३ भदौ २०८१
248 Shares

झापा : झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर काट्ने चार जनालाई पक्राउ प्रहरीले पक्राउ गरेकाेछ। जिल्ला प्रहरी कार्यालय झापाले आज दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमाभुटानी शरणार्थी शिविरमा बसोबास गर्ने तीन जना तथा एक जना स्थानीय रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू दमक–२ को बेलडाँगी भुटानी शरणार्थी शिविर–२ को छाप्रो नं ३३२ को ४४ वर्षका प्रेमबहादुर विष्ट, दमक–३ मा रहेको बेलडाँगी शिविर–३ को छाप्रो नं ए ३–२०८ बस्ने ३८ वर्षका खगेन्द्र दुलाल, सोही स्थानको छाप्रो नं ए २–२०८ बस्ने ३२ वर्षका विधान थापा र दमक नगरपालिका–४ बस्ने ४५ वर्षकी गीता श्रेष्ठ रहेका छन् ।

gai-prakarad-scaled-e1725780288357-2048x1122
पक्राउ परेकामध्ये दुलालले पटक पटक जबरजस्ती करणी तथा पशुपक्षी सम्बन्धी अपराधमा जेल सजाय पूरा गरेर रिहा भएको पाइएको प्रहरीले जनाएको छ । गत भदौ १८ गते रातको समयमा उनीहरूले दमक नगरपालिका–१ स्थित एक गोठमा बाँधिरहेको २ महिनाको गर्भिणी  गाई चोरी गरी गोठदेखि १०० मिटर उत्तर पट्टिको प्लटिङमा लगेर काटेका थिए । खुट्टा तथा गर्धनको मासु र रगत लगेका उनीहरूले शरीरको अन्य भाग घटनास्थलमानै छोडेका थिए ।

गर्भिणी गाई काटेको घटना बाहिरिएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्को दबाब परेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसँग माग समेत गरेका थिए ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा शुक्रवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट बन्चरो १ थान, खुकुरी एक थान र मासु बोक्न प्रयोग भएको झोला एक थान समेत प्रहरीले बरामद गरेको  छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।