ताजा अपडेट »

लुम्बिनीका प्रदेश सांसद केसी ३३ वर्ष पुरानो मुद्दामा जेल चलान

आइतबार, २३ भदौ २०८१, १७ : ०४
440 Shares
आइतबार, २३ भदौ २०८१
440 Shares

बुटवल ।  लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।

३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जाकारी दिए ।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। तर केसीले सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।