ताजा अपडेट »

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

आइतबार, २३ भदौ २०८१, ०८ : २२
130 Shares
आइतबार, २३ भदौ २०८१
130 Shares

सुर्खेत । अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखिको वर्षाको कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्ग अन्तर्गत दैलेख(कालिकोट खण्डको दहीखोला, एसमोड र गगनेखोलामा पहिरो खसेको छ। पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। 

आइतबार बिहान ५ बजेदेखि नै पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।