ताजा अपडेट »

टिकटक खुलेसंगै एनसेलले ल्यायाे नयाँ टिटक प्याक

शनिबार, २२ भदौ २०८१, २० : ४४
48 Shares
शनिबार, २२ भदौ २०८१
48 Shares

काठमाडौं । एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक लगाउन सक्नेछन । एनसेलले  शुक्रबार (भाद्र २१) बाट टिकटक प्याक संचालनमा ल्याएको छ। सरकारले टिकटकको प्रयोग/पहुँचमा लगाएको प्रतिबन्ध हटाए संगै  एनसेलले यस्ताे प्याक ल्यायकाे हाे । याे संगै  सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि एनसेलले समावेश गरेको छ। 

ग्राहकहरुले करसहित मात्र रु.१७५ मा सात दिन सम्म अनलिमिटेड टिकटक चलाउन पाउँनेछन्। त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि सित्तैमा प्राप्त गर्नेछन्। सरकारले  टिकटकको प्रतिबन्ध खुला गरेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सम्पूर्ण प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको छ। अब सधैं अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाउँछन् । 

एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसीनले  नेपालमा अत्याधिक रूचाईएको सामाजिक सञ्चाल टिकटकमा लगाईएको रोक हटाईनु दूरसञ्चार क्षेत्र र ग्राहकहरु सबैका लागि स्वागत योग्य छ र यसका लागि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहेकाे बताए ।

उनले हा शुक्रबारबाटै  लागु हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएकाे र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा समेत टिकटक पनि समेटेकाे बताउदै  यसले आफ्ना ग्राहकवर्गलाई टिकटकको पहुँच थप सहज हुने विश्वास लिएकाे बताए। एनसेलले सधैं अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरु प्रदान गर्दै आएको छ । बेसिकमा सात दिनकाे समयसीमा रहेको सधैं अन प्याकमा ग्राहकहरुले अन्य बन्डल सेवाहरु बाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।

त्यस्तैगरी, २८ दिने  सधैं अनको बेस्ट अन्तर्गत  ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैं अन अनलिमिटेड प्याकहरु अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइने छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको थियो । यो निर्णय पश्चात नेपाल दूरसञ्चार प्राधिकरणले भाद्र २१ गते शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टिकटक माथिको रोक हटाउन निर्देशन दिएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।