ताजा अपडेट »
आईफोन १६ लञ्चिङ

सोमवार आईफोन १६ सिरिज सार्वजनिक हुँदै, केके हुनेछन फिचरहरू ?

शनिबार, २२ भदौ २०८१, १४ : १२
242 Shares
शनिबार, २२ भदौ २०८१
242 Shares

काठमाडौं । विश्व प्रशिद्ध फाेन निमार्ता एप्पलले यही साेमबार, २४ भदौ (९ सेप्टेम्बर)मा आईफोन १६ सिरिज सार्वजनिक गर्दैछ ।  नेपाली समयअनुसार राति १०:४५ देखि​  ‘इट्स ग्लोटाइम’ शीर्षकमा एप्पल इभेन्टमार्फत कम्पनीले आईफोन १६ सँगै ​एप्पल वाच, एयरपड्स लगायतका डिभाइसहरू सार्वजनिक गर्ने तयारी गरेको हो ।

आईफोन १६ मा महत्त्वपूर्ण रूपमा सफ्टवेयरमा सुधार तथा  नयाँ एआई सुविधाहरू समावेश हुने अनुमान गरीएकाे छ । जस अन्तर्गत फोनमा च्याटजीपीटी इन्टिग्रेसनदेखि एआईमैत्री सिरीसम्मका सुविधा हुने बताइएको छ ।यस संस्करणका आईफोन मोडेलहरू नयाँ स्क्रिन प्रविधि, ठूलो साइजको डिस्प्ले, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा सहित आउने खबर बाहिरिएका छन् । साथै ब्याट्री क्षमता र पर्फमेन्समा पनि महत्त्वपूर्ण सुधार हुने बताइएको छ ।

आईफोन १६ मोडेलहरूमा शक्तिशाली ए१८ चिप समावेश हुनेछ, जसले एप्पल इन्टेलिजेन्ससँग काम गर्नेछ । सबै आईफोन १६ मोडेलहरूमा नयाँ आईओएस १८ अपडेटको सपोर्ट रहनेछ । एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्सको डिस्प्ले केही ठूलो बनाउने छ । त्यस्तै चार ओटै मोडेलहरूमा फोटो खिच्नका लागि नयाँ क्याप्चर बटन समावेश हुनेछ ।

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा फाइभ एक्स टेलिफोटो लेन्स हुने चर्चा छ । यसका अतिरिक्त क्यामेरामा नयाँ ए‍न्टी-रिफ्लेक्टिभ प्रविधि समावेश हुने सम्भावना छ । स्ट्यान्डर्ड आईफोन १६ मोडेलहरूमा पहिलो पटक एक्सन बटन आउनेछ भने आईफोन १६ प्रो मोडेलमा सुधारिएको ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा हुने अनुमान छ ।

एप्पल वाच मोडेलहरूको हकमा भने एप्पल वाच सिरिज १०, नयाँ एप्पल वाच एसई र रिफ्रेस गरिएको एप्पल वाच अल्ट्रा सार्वजनिक हुने अपेक्षा गरिएको छ । स्ट्यान्डर्ड एप्पल वाचमा एप्पलले पातलो डिजाइन र ठूलो डिस्प्ले समावेश गर्ने चर्चा छ । एप्पलले एयरपड्स फोर पनि ल्याउने तयारी गरेको छ । यसअन्तर्गत पहिलो पटक दुई मोडेलहरू सार्वजनिक हुनेछन्, जसमा लोअर-एन्ड मोडेल अहिलेको एयरपड्ससँग मिल्दोजुल्दो हुनेछ, भने हाइ-एन्ड मोडेलमा एक्टिभ नोइज क्यान्सलेसनको सुविधा रहनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।