ताजा अपडेट »
सुचना प्रविधी

विश्वकै पातलो फोल्डेबल स्मार्टफोन चिनिया फाेन अनरद्वारा सार्वजनिक

शनिबार, २२ भदौ २०८१, १३ : ३३
60 Shares
शनिबार, २२ भदौ २०८१
60 Shares

काठमाडौं । चिनिया फाेन अनरले विश्वकै पातलो फोल्डेबल स्मार्टफोनका रूपमा ‘अनर म्याजिक भी थ्री’ (HONOR Magic V3) विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ । जर्मनीमा आयोजित आईएफए २०२४ को अवसर पारी अनरले फोल्डेबल सेगमेन्टको नयाँ फाेन सार्वजनिक गरेको हो । यो फोनलाई कम्पनीले आफ्नो फोल्डेबल प्रविधिमा अर्को ठूलो कदम भनेको छ । कम्पनीका अनुसार पातलो र हलुका हुनाले यो फोनलाई एक हातले सजिलै प्रयोग गर्न सकिन्छ । 

२६६ ग्राम मात्र तौल रहेको यो फोन फोल्ड गर्दा मोटाइ केवल ९.२ एमएम हुन्छ ।यस एन्ड्रोइड फोनमा स्यापड्रागन ८ जेन टु प्रोसेसर प्रयोग गरिएको छ भने ६६ वाट वायर्ड र ५० वाट वायरलेस फास्ट चार्जिङ सपोर्टसहित ५१५० एमएएच क्षमताको तेस्रो पुस्ताको सिलिकन-कार्बन ब्याट्री दिइएको छ ।फोनमा ७.९२ इन्चको ओएलईडी मुख्य डिस्प्ले छ । ठूलो र उच्च रेजोलुसन भएकाले यसले प्रयोगकर्तालाई ट्याब्लेट जस्तो अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । 

यसबाहेक बाहिरी स्क्रिन ६.४३ इन्चको ओएलईडी रहेको छ, जसले प्रयोगकर्तालाई बिना फोल्डिङ दैनिक काम सहज रूपमा गर्न सघाउँछ । फोनमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, ५० मेगापिक्सलको पेरिस्कोप टेलिफोटो लेन्स र ४० मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा सहितको अनर फाल्कन क्यामेरा सिस्टम छ ।

कम प्रकाशमा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्यामेराबाट फोरके भिडिओ रेकर्डिङको सुविधासहित प्रयोगकर्ताले आफ्ना मनपर्ने क्षणहरूलाई उच्च गुणस्तरमा क्याप्चर गर्नसक्ने कम्पनीको भनाइ छ । यस फाेनमा २० मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेकाे छ । नेपाली बजारमा पनि यो फोन चाँडै नै आउने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।