ताजा अपडेट »

प्रवासी नेपाली गुल्मी सम्पर्क मंच दिल्लीद्वारा तीज विशेष कार्यक्रम

शनिबार, २२ भदौ २०८१, ११ : २३
208 Shares
शनिबार, २२ भदौ २०८१
208 Shares

दिल्ली । प्रवासी नेपाली गुल्मी संपर्क मंच दिल्लीले तीज विशेष कार्यक्रम गरेको छ । 

 जग मोहन मेहलावत प्रमुख अतिथि तथा अध्यक्ष डम्बर अधिकारीको उपस्थितीमा शुक्रबार तीज विशेष कार्यक्रम समापन गरेको हो।
विदेशी भूमिमा रहेर पनि आफ्नो संस्कृति परम्परा अनुसार हरेक वर्ष मनाउँदै आएको छ ।

नेपाल, भारतको राष्ट्रीय गान सँगै सुरु भएको उक्त कार्यक्रममा सावित्रा भुसालको स्वागत मन्तव्य तथा प्रमुख अतिथि जगमोहन मेहालवतको मतव्य सँगै तीजगीत कार्यक्रम सम्पन्न भएको हो ।

यसै संस्थाका सचिव एल वि गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा दिल्ली राज्य महिला विभाग प्रमुख सावित्रा गिरी तथा संस्थाका केन्दीय सचिवालय सदस्य, स्कूल विभाग प्रमुख रामप्रसाद पराजुली, दिल्ली क्राइम प्रेस सदस्य शंकर वि सी लगायत दिल्लीमा  रहेका थिए । नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।