ताजा अपडेट »

१.३ अर्ब डलर सम्पत्तिकी मालिक बनिन गायिका गाेमेज, ३२ वर्षको उमेरमै हासिल गरिन प्रसिद्धि

शनिबार, २२ भदौ २०८१, ०७ : ४८
68 Shares
शनिबार, २२ भदौ २०८१
68 Shares

एजेन्सी। चर्चित अमेरिकी गायिका, अभिनेत्री तथा उद्यमी सेलिना गोमेज अर्बपति बनेकी छन्। आफ्नै बलबुतामा अर्बपति बनेका अमेरिकाका सबैभन्दा कम उमेरका मान्छेहरूमध्ये उनी एक हुन्। ३२ वर्षको उमेरमा यो सफलता हासिल गरेकी उनीसँग अहिले १.३ अर्ब डलर सम्पत्ति रहेको ब्लुमबर्गले न्यूजले जनाएको  छ।

गोमेजले सो सम्पत्तिको केही हिस्सा गायन, ब्रान्ड साझेदारी र अभिनयबाट कमाएकी हुन्। उनले आफ्नो सम्पत्तिको ठुलो हिस्सा पाँच वर्ष पहिले स्थापना भएको ‘रेअर ब्युटी’ नामक मेकअप ब्रान्डबाट कमाएकी हुन्। बताइए अनुसार कम्पनीमा उनकाे ५१ प्रतिशत सेयर रहेको छ । उनले ४२ करोड फलोअर्स भएको इन्स्टाग्राम अकाउन्टमा पनि  विभिन्न ब्रान्डसँग साझेदारी गर्छिन्।

rb

उनी  इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स हुने तेस्रो व्यक्ति हुन्। उनीभन्दा बढी क्रिस्टियानो रोनाल्डोको ६३ करोड र लियोनल मेस्सीको ५० करोड फलोअर्स छन्।  उनले पुमालगायत ब्रान्डसँग करोडौँको ‘इन्डोर्समेन्ट डिल’ समेत गरेकी छन्। पछिल्लो समय उनी ‘वन्ली मर्डर्स इन द बिल्डिङ’मा अभिनय गरिरहेकी छन्। पाँचौँ सिजन आउने तयारी भएको यो सिरिज बाट उनले प्रतिसिजन ६० लाख डलर कमाउँछिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।