ताजा अपडेट »

प्रकाश सपुतकाे चलचित्र ‘बसन्त’को फस्टलुक  पोष्टर सार्वजनिक

शुक्रबार, २१ भदौ २०८१, १९ : ३७
86 Shares
शुक्रबार, २१ भदौ २०८१
86 Shares

काठमाडौं । गायक तथा कलाकार प्रकाश सपुतले निर्देशन गर्ने चलचित्र ‘बसन्त’को फस्टलुक  पोष्टर सार्वजनिक भएको छ । सपतुले हरितालिका तीजको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त पोष्टर सार्वजनिक गरेका हुन्। गलबन्दी प्रोडक्सनको प्रस्तुतती रहेकाे चलचित्रमा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली कार्यकारी निर्माता रहेका छन् भने कथा,संगीत एवम निर्देशन स्यम प्रकाश सपुतकै रहेको छ।चलचित्रकाे मुख्य सह निर्देशक प्रकाश सपुतकै भाई सुनिल विक रहेका छन्। 

जातिय विभेदकाे कथामा निर्माण गरीने याे चलचित्र आगामी चैत २२ गते चैते दशैको दिन प्रदर्शन गरीने छ। यस चलचित्रमा  स्वतिमा खड्काले शान्ति शर्मा, प्रभात पाल ठकुरीले प्रेम आर क्षेत्री, खड्गबहादुर पुन(खबपु)ले सत्यबहादुर मगर, प्रकाश सपतुले बसन्त विक र शिभान्सी श्रीले सपना विकको भूमिकामा अभिनय गरेका छन ।

Untitled-4

सपतुले सामाजिक सञ्जाल फेसबुकमार्फत नै आफुलाई सफलताको लागि शुभकामना दिन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘लौ हामी हिडियो है त । चैत्र २२ गते तपाईसम्म पुग्नु छ। सजिलो छैन, किनकि यसपालि भारी अलि ठुलो छ। ल राम्रै आईपुग्नु भनेर शुभकामना, शुभआशिष दिनुस न है । भेटम्ला, कोसेली फुकाम्ला, गुन तिरम्ला । केछ र जिन्दगी ।’ 

उनले लेखेका छन्,‘म जन्मदै समाजमा तह थियो । सबैभन्दा माथील्लो तहमा शान्ती शर्मा, त्यसपछि प्रेम आर क्षेत्री अनि बिचमा सत्य बहादुर मगर र सबैभन्दा तल पिधमा बसन्त बिक,सपना बिक, र पनि हामी बाच्यौ,उहि दुखसुख, उहि उकाली ओराली, उहि मेलापात, उहि स्कुल घर, उहि जन्ति मलामी, उहि बैश उमेर, उहि गित नाच, उहि युद्द आन्दोलन ।

लगभग सबै उस्तै परिस्थितिमा, उस्तै गरि बाच्यौ । समाज प्रेमील थियो, गुणी थियो । तर एउटा विभेदको पर्खाल ले हामीलाई अलग राखि रहयो । एउटा गहिरो अपमान बोध गराईरहयो । हामी एउटै समाजमा भए पनि एउटै रेखामा हुन पाएनौ । तर यो पर्खालले बसन्त बिकलाई मात्रै होईन, शान्ती शर्मालाई पनि अफ्ठ्यारो बनाईरहयो । सपना बिकलाई मात्रै होईन, प्रेम आर क्षेत्रीलाई पनि प्रेम गर्न छेकिरहयो ।

चलचित्र बसन्त ले यिनै अफ्ठेरो भन्ने छ। हाम्रो समाजको यिनै गुण अवगुणलाई सिनेम्याटिक अनुभव सहित देखाउने छ। जिवनका न्युनतम सिद्दान्त प्रेम,शान्ति, सपना र सत्यलाई बसन्तले बुन्ने छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।