ताजा अपडेट »

गुणस्तरहीन काम गर्नेलाई सरकारले छाड्दैन : मुख्यमन्त्री आचार्य

शुक्रबार, २१ भदौ २०८१, १८ : ३५
36 Shares
शुक्रबार, २१ भदौ २०८१
36 Shares

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले योजना कार्यान्वयनको क्रममा हुने वदमासी नसहने र गुणस्तरहिन काम गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । मालारानी गाउँपालिका अर्घाखाँचीले शुक्रवार आयोजना गरेको बधाई, स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आर्चायले समयमा काम नसक्ने तथा गुणस्तरहिन काम गर्नेलाई सरकारले नछाड्ने बताएका हुन् ।

‘कामको जिम्मा लिने तर, समयमा सम्पन्न नगर्ने, काम गरेपनि कमजोर संरचना बनाउनेलाई पनि सरकारले निगरानीमा राख्छ ।’ –उनले भने, ‘पाँच लाख भन्दा माथिका योजनालाइ प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने, पछि त्यसको जिम्मेवारी निर्माण कम्पनीले लिनेगरी सम्झौता हुनेछ ।’ उपभोक्ता समितिको नाममा ठेकेदारले काम गर्ने तर, त्यसको जिम्मेवारी कसैले नलिने अवस्थाले गर्दा विकृति बढेको बताउँदै उनले विकास निर्माणको काममा गुणस्तर कायम राख्न  सरोकारवाला निकायलाई निर्देशन समेत दिनु भए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।