ताजा अपडेट »

श्रीलंका डेभलभमेन्ट–११ सँगको अभ्यास खेलमा नेपाल पराजित

शुक्रबार, २१ भदौ २०८१, १८ : २९
12 Shares
शुक्रबार, २१ भदौ २०८१
12 Shares

बुटवल । नेपाल राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा पराजित भएको छ ।
शुक्रवार भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।

नेपालले दिएको १ सय ६० रनको लक्ष्य डेभलभमेन्टले २६.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । डेभलभमेन्टका लागि कृष्ण सन्जुलाले ६० बलमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । असना बन्दराले ३४ रन जोडे । नेपालका लागि कप्तान सोमपाल कामी र गुलसन झाले समान २ तथा ललित नारायण राजवंशीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १ सय ५९ रन बनाउदै अल आउट भयो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ तथा कुशल मल्लले ३५ रन जोडे । आरिफ शेखले २०, सन्दीप जोराले ६, गुलसन झाले ५ तथा अनिल शाहले ३ रन जोडे । श्रीलंका डेभलभमेन्ट ११ का लागि गरुका संकेथाले ४ विकेट लिए ।

१६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका गएको हो । नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा सोमपाल कामीले नेपालको कप्तानी सम्हालेका थिए । कप्तान रोहित र दीपेन्द्र सिंह ऐरी हाल क्यानडामा छन्।‌ देव खनाल, सन्दीप लामिछाने, रिजन ढकाल, भीम सार्की र अर्जुन साउदले पनि यो खेलमा सहभागी थिएनन् । उनीहरु अमेरिकाको भिसा प्रक्रियाका लागि नेपालमै रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।