ताजा अपडेट »
विश्व फुटवलमा किर्तिमान

विश्व फुटवलमा रोनाल्डोकाे व्यक्तिगत ९०० गाेलकाे कितिर्मान

शुक्रबार, २१ भदौ २०८१, १६ : ०५
34 Shares
शुक्रबार, २१ भदौ २०८१
34 Shares

काठमाडौं । विश्व फुटवल जगतका चर्चित खेलाडी पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेल जिवनकाे ९०० औं करियर गोल प्रहार गरेका छन् । पाेर्चुगलकाे लिश्बनमा जारी नेशन्स लिग अन्तर्गत गएराती घरेलु मैदानमा क्रोएसिया विरुद्धको खेलमा उनले याे किर्तिमान बनाएका हुन् । अन्तरार्ष्टिय फुटबलमा ९०० गाेलकाे  ब्यक्तिगत आकडा पार गर्ने उनि विश्वकै पहिलाे खेलाडी बनेका छन ।

जारी खेलमा रोनाल्डोको गोलको मद्दतमा पोर्चुगलले क्रोएसियालाई २-१ गाेलले  हराएको हो । ३९ वर्षीए रोनाल्डोले खेलकाे ३४औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । उनले नुनो मेन्डेसको सहयोगमा बललाई पोस्टको दिशा दिएका हुन् ।पाेर्चुगलकालागि  राेनाल्डाेकाे याे १३१ गाेल हाे । 

ron
गोलपछि रोनाल्डो भावुक बनेका  थिए । उनी कर्नर फ्लयागमा घुंडा टेकेर रोएका थिए । रोनाल्डोले सन २००२ अक्टोबर ७ मा पोर्चुगलकै क्लब स्र्पोटिङका लागि १७ वर्ष ८ महिना ३ दिनको उमेरमा डेब्यु गर्दै दुई गोल गरेका थिए । स्र्पोटिङका लागि उनले ५ गोल गरे । त्यसपछि प्रिरमियर लिग क्लब म्यानचेस्टर युनाईटेडमा अवरुद्ध भएका रोनाल्डोले १ सय ४५ गोल गरेका थिए । ९ वर्ष स्पेनिस जायन्टस रियाल मड्रिडमा बिताएका उनले क्लबका लागि ४ सय ५० गोल गरेका हुन् ।

इटालियन युभेन्टसबाट १ सय ४१ र साउदी अरेबियाको अल नासारका लागि ६८ गोल रोनाल्डोको नाममा छ । हाल उनी साउदी अरेबियाको अल नासारमा आवद्ध छन् । रोनाल्डोको केही दिन अघि मात्र आफ्नो युट्युव च्यानलमा पूर्व युनाइटेड टिम मेट रियो फर्नान्डो सँग कुरा गर्दै एक हजार करियर गोल गर्ने लक्ष्य रहेको पनि बताएका थिए ।

gettyimages-2169721217
पुरुष फुटबलमा उच्च गोल गर्ने खेलाडीको एकिन तथ्यांक भने  छैन् । तर ९ सय गोल पुरा गर्ने रोनाल्डो पहिलो पुरुष खेलाडी भने राेनाल्डाे बनेका  हुन् । यसअघि ब्राजिलका पेले र रोमारियोले एक हजार भन्दा बढी गोल गरेको बताइएको थियो । तर पछि फिल्टर गरेर सो संख्या ७ सयमा झारिएको थियो । अनौपचारिक तथ्यांक अनुसार पेलेले ७ सय ७८ र रोमारियोले ७ सय ८५ गोल गरेको बताइन्छ ।

Untitled-4

रोनाल्डोको पछि पछि अर्जेन्टीनी लियोनल मेसी रहेका छन । उनले ८ सय ५९ गोल गरेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।