ताजा अपडेट »

तीजको छेस्का !

शुक्रबार, २१ भदौ २०८१, ११ : ५२
466 Shares
शुक्रबार, २१ भदौ २०८१
466 Shares

दीपक ढकाल 'दीकल'

बिस्ताराले नि पोल्ने भए,
सिरकले त जल्थ्यो होला ।
विचमा तकिया नभएको भए,
शरीर ह्वार्ह्वार्ती बल्थ्यो होला ।

छोरी तीजमा नजाने भए,
ज्वाई ससुराल जान्थ्यो होला ।
सासु माईत गएको भए,
माझ्दै खाना खान्थ्यो होला ।

बालेन जस्तै पोई पाएको भए,
माइलीको नि विवाह हुन्थ्यो होला ।
माइली उता किचनमा भए,
बेडरुमबाट स्ट्याटस हान्थ्यो होला ।

कमाउने थोरै भएको भए
रमाउने पनि कम हुन्थ्यो होला ।
पार्टी प्यालेस नभएको भए
श्रीमानहरु सुकेनास हुन्थे होला ।

चराहरु थुनामा भएको भए
पकाउँदै खाना लान्थे होला ।
जेल चलान नै भएको भए
चराहरु सिमसार क्षेत्र जान्थे होला ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।