ताजा अपडेट »

वातावरण अपराध रोकथामसम्बन्धी तालिम सञ्चालन गर्दै ग्रीन युथ अफ लुम्बिनी

शुक्रबार, २१ भदौ २०८१, ११ : ४२
20 Shares
शुक्रबार, २१ भदौ २०८१
20 Shares

भैरहवा । ग्रीन युथ अफ लुम्बिनीले वातावरण अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी एकदिवसीय सचेतना तालिम सञ्चालन गरिरहेको छ । युएसएडको जैविक विविधता (जल, जंगल) को सहयोगमा भदौ १० गतेदेखि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका २ नम्बर वडा कार्यालयबाट यो तालिम सुरु गरिएको हो । 

हालसम्म रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, गैडहवा गाउँपालिका, मर्चवार क्षेत्र, कपिलवस्तुको कपिलवस्तु नगरपालिका र शुद्धोधन गाउँपालिकामा तालिम सम्पन्न भइसकेको आयोजक संस्था ग्रीन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले बताए । हालसम्म तालिममा ५ सय जना बढी सहभागी भइसकेको अध्यक्ष कुर्मीले जानकारी दिए । उनका अनुसार तालिममा साझेदारी वन समूह, सामूदायिक वन उपभोक्ता समितिका पदाधिकारी, सदस्य, कृषक अगुवा, इको क्लबमा आबद्ध विद्यार्थी, जनप्रतिनिधि लगायत सहभागी हुने गरेका छन् । तालिम भदौ मसान्तसम्म सञ्चालन हुने उनले जानकारी दिए ।

वातावरण संरक्षण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको ग्रीन युथ अफ लुम्बिनीका संरक्षक अजय सिंह क्षेत्रीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।