ताजा अपडेट »

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, २१ भदौ २०८१, ११ : १३
72 Shares
शुक्रबार, २१ भदौ २०८१
72 Shares

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।