ताजा अपडेट »

पहिरोले काठमाडौं जाने सडक अवरुद्ध

शुक्रबार, २१ भदौ २०८१, ०९ : २२
26 Shares
शुक्रबार, २१ भदौ २०८१
26 Shares

चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ४, घोप्टेभीरमा लेदोसहितको पहिरो गएपछि काठमाडौं जाने बाटो अवरुद्ध भएको छ ।

आज शुक्रबार विहान सडक माथिबाट पहिरो खसी बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । पहिरोको कारण काठमाडौं जाने बाटो दुईतर्फ नै अवरुद्ध छ । प्रहरी सहायक निरीक्षकको टोली पहिरो खसेको ठाउँमा पुगेर सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन थालिएको चितवन प्रहरीले जनाएको छ ।

चितवनमा रातीदेखि नै पानी परिरहेको छ । निरन्तरताको पानीको कारण नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।