ताजा अपडेट »
पर्यटन बाेर्डकाे सीईओ नियूक्ति

पर्यटन बाेर्डकाे 'सीईओ' मा दाेहाेरीए जाेशी

शुक्रबार, २१ भदौ २०८१, ०७ : ३४
110 Shares
शुक्रबार, २१ भदौ २०८१
110 Shares

काठमाणडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि बोर्डकै पूर्व सीईओ जोशीलाई नियुक्त गरेको हो ।

सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन देवकोटा तथा मदन आचार्य र पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरे रहेकाे एक उपसमितिले सीईओ छनोटका लागि नाम सिफारिस गरेको थियो। बोर्डले उपसमितिले सिफारिस गरेकै तीन जनामध्येबाट जोशीलाई नियुक्त गरेको हो ।
 
पर्यटन बोर्डमा गत माघ १६ गतेदेखि निवर्तमान सीईओ डा. धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेकाे थियाे । बोर्डको सीईओ छनोट उपसमितिले गत चैत २४ गते खुला आवेदनबाट सीईओका लागि दर्खास्त माग गरेकाे थियाे । योग्य उम्मेदवारमध्ये बाट उत्कृष्ट ३ जनाको नाम छनोट गरीएको थियो ।

छनाेट उपसमितिले सोमबार प्रस्तुतीकरण तथा मङ्गलवार अन्तर्वार्ता लिएर उत्कृष्ट ३ जनाको नाम सिफारीस गरेको थियो। छनोट समितिमा  जाेशी संगै बोर्डका निवर्तमान सीईओ डा. धनञ्जय रेग्मी र पर्यटन विद् ज्ञानेश्वर महतोको नाम सिफारिस भएकोमा जोशीले बाजी मारेका हुन् ।

बोर्डको सीईओको लागि बोर्डकै कर्मचारी श्रद्धा श्रेष्ठ, हिकमतसिंह ऐर, लक्ष्मण गौतम, दीपक बस्ताकोटी, ठाकुरप्रसाद देवकोटा, विजय नेपाल, राजाराम गिरी, ज्ञानिन राई, नवीन पोखरेल, सूर्यबहादुर घिमिरे र, सन्तोषविक्रम थापाले समेत प्रतिस्पर्धा गरेका थिए ।

नवनियुक्त सीईओ जोशी पर्यटन बोर्डकै पूर्व कर्मचारी हुन् । वाेर्डकै पूर्व सीईओ रहीसकेका बर्दियाका जोशीले यसअघि बोर्डमा ४ वर्षे कार्यकाल सफलतापुर्वक पूरा गरेकाि थिए। जोशी बोर्ड भित्र र बाहिर शालीन र इमान्दार व्यक्तित्वका रूपमा परिचित छन् । कसैलाई नचिढाएका र सकारात्मक सोचका धनि जोशी बोर्डका लागि सहज व्यक्तित्व भएको पनि उनका निकटस्थहरू बताउछन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।