ताजा अपडेट »

प्रदेशको विकास र शासनलाई लैङ्गिक उत्तरदायी बनाउदै महिलाको सहभागिता सुनिश्चित गरीने

शुक्रबार, २१ भदौ २०८१, ०६ : ४५
46 Shares
शुक्रबार, २१ भदौ २०८१
46 Shares

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नारीहरूकाे महान चाड हरितालिका तिजको अवसरमा शुभकामना सन्देश जारी गर्दै  ‘तिज संस्कृति, परम्परा र धार्मिक आस्थाको अतुलनीय पर्व रहेकाे र यसले समाजमा महिला सशक्तीकरणको सन्देश बोकेको बताएका छन् ।

उनले हरितालिका तिज पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको  बताउदै समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न पर्वले महत्वपूर्ण भूमिका निभाएको तथा यस पर्वमा महिलाहरूले आफ्नो दुःख, पीडा र खुसीहरु साझा गर्ने हुँदा यसले सामूहिकता र आत्मबल समेत बढाउने विश्वास लिएकाे बताएका छन ।

‘यो पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मानित गर्दै हकअधिकार र स्वतन्त्रताको बारेमा समाजलाई जागरुक बनाउने काम गर्दछ । तिज पर्वले समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन प्रेरित गर्ने विश्वास लिएको छु । उनले भनेका छन ।

mm

कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाइराख्नु अति आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाई छ ।’  पर्वको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानुपर्ने  शुभकामना सन्देशमा उल्लेख छ । ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस ६ गते लुम्बिनी प्रदेश लैङ्गिक समानता नीति–२०८० स्वीकृत गरिसकेको जानकारी दिदै अब प्रदेश तहको विकास र शासनलाई लैङ्गिक उत्तरदायी बनाउने, महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, लैङ्गिकताका आधारमा हुने सबै प्रकारका भेदभाव र हिंसाको अन्त्य गर्ने, महिलाको आर्थिक, सामाजिक सशक्तीकरण गर्नेगरी नीति निर्माण गरेर अघि बढ्ने समेत बताएका छन ।  उनले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको समेत बताएका छन् ।

हरितालिका तिज पर्वको अवसरमा सबैमा  सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन । लुम्बिनी प्रदेश सरकारले तिजको अवसरमा प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।