ताजा अपडेट »

एनपीएल : सबैभन्दा महङ्गो ३ करोड ५७ लाखमा बिक्यो पोखरा, अन्य टिमको कति ?

विहीबार, २० भदौ २०८१, १८ : ५१
214 Shares
विहीबार, २० भदौ २०८१
214 Shares

बुटवल । नेपाल प्रिमियर लिग-एनपीएलमा ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । सबै भन्दा बढी मूल्य पोखराले पाएको छ । उक्त टिमलाई पोखरा एभेन्जर्सले ३ करोड ५७ लाखमा लिएको हो ।

यसैगरी काठमाडौंलाई कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा खरिद गरेको छ । चितवनलाई  चितवन मेडिकल कलेजले पाएको छ । लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुर पश्चिमलाई एम्पायर स्पोर्टसले पाएका छन् ।

नेपाल टी२० प्रालिले एक करोड ३० लाख रुपैयाँ बेस प्राइस तोकिएको पोखरा ३ करोड ५७ लाख पाएको हो । चितवन मेडिकल कलेजले एक करोड २० लाख बेस प्राइस तोकिएको चितवनलाई एक करोड ७६ लाखमा खरिद गरेको हो ।

फर्चुना हेल्थ केयरले एक करोड २० लाख बेस प्राइस तोकिएको लुम्बिनी एक करोड ८६ लाखमा लिएको छ । एक करोड बेस प्राइस तोकिएको जनकपुर २ करोड ५ लाखमा विक्री भयो । एक-एक करोड बेस प्राइस भएका कर्णाली एक करोड ११ लाख र सुदुर पश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा विक्री भएको छ । क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।