म पाल्पाको तिनाउ, दोभानमा जन्मिएको हुँ । हुर्किएको हुँ । मगर समुदायमा बढेको हुँ । धेरैजसो साथीहरु मगर समुदायकै थिए । स्कुलमा पढ्ने धेरै जातिका साथीहरु थिए । छिमेकीहरु भने धेरै मगरजातिकै थिए । थापामगर, रानामगर, बगालेमगर थिए । घर छेउमै यमबहादुर थापामगर मेरो मिल्ने साथी थियो । उमेरले मभन्दा जेठो भएपनि सँगै पढ्ने साथी थियौं ।
उसका चार दाजुभाइ र एउटी दिदी थिइन् । एउटी सैनादिदी हो कि धर्मदिदी पनि थिइन् । ती दिदी त्यतिबेलाको कुसुण्डे अहिलेको कुसुमडाँडामा बस्थिन् । अति नै मिहिनेती थिइन् । घरका काम भ्याएर अर्मपर्म र निमेक गर्न समेत भ्याउँथिइन् । जाँगरिली थिइन् दिदी । यमबहादुर र म ती दिदीलाई लिन गइयो तीजको दर खुवाउन । त्यतिबेला हामीले चार कक्षा पढ्थ्यौं दोभान निमाविमा । हामीलाई त्यहाँ पुग्न करीव पौनेघण्टा लाग्यो होला । खेल्दै गइन्थ्यो । बाटो अहिलेकोजस्तो ग्रावेल पनि थिएन । खेतको डीलडीलमा हिड्नुपर्थ्यो । कुरो लागेर हैरान बनाउँथ्यो । तीजको बेला पानी पर्ने, उस्तै हिलो पनि ।
दिदीको एउटा सानो बुकुरो थियो । घरको अघि आगन थिएन । एउटा सानो खटिया थियो । त्यहि टुसुक्क शरीर बिसाइयो दुबैजनाले । समय विहानको ८ वजेको थियो होला । दिदी घरमाम थिइनन् । कुकुरले भुकेर हाम्रो भव्य स्वागत गरेको भुलेको छैन । दिदी नभएपछि हामीलाई आत्तुरी लाग्यो । नजिक छिमेकीहरु पनि थिएनन् सोध्नका लागि ।
यमबहादुर र दलबहादुरको दल मिलाएर गुच्छा खेल्न थालियो । पिलाउने चलन हुन्थ्यो । एउटा गुच्चाले अर्कोलाई ठोक्काएर खाने चलन पनि थियो । दिदीले घाँसको भारी गोठ नजिकै बिसाउँदामात्र दिदी आएको हेक्का भो हाम्लाई । दिदीलाई नमस्कार गर्नुपर्छभन्ने पनि थाहा थिएन हाम्लाई । यमबहादुरले दिदीलाई सत्कार नगरेपछि मैले गर्ने कुरो पनि भएन । एक त हाम्रो संस्कार त्यस्तो आदर, सत्कार गर्ने खालको पनि थिएन घरतिर । दसैमा टीका लगाउँदा बा र आमालाई ढोग गरेपछि वर्षदिनको सत्कार पुग्थ्यो ।
दिदीलाई यमबहादुरले तीजको दर खान आमाले बोलाउन पठाएर आएको भन्दै खोपीमा गुच्चा पिलायो । दिदी भने घाँसको भारी थन्को लगाएर पटुकामा बाँधेको चाँबीले ढोकाको ताल्चा खोलिन् । हतार हतार गरी खाना पकाउन थालिन् । हामीले छिटो जाम दिदी भन्न नसक्नुको कारण गुच्चे गेम राम्रै चलेको थियो ।
दिदीले तात्तातो खाना लिएर बाहिर खटियानिर आइन् । दुई थाल भात थियो । दाल थियो । भागमा मासु पनि रहेछ । यमबहादुरले हातै नधोइ मासुको चोक्टो तान्न थाल्यो । मैलेपनि केको मासु थाहै नपाइ टोक्न थालें । टोक्दाटोक्दा दाँतै दुखे । कञ्चटको हड्डी पनि दुख्यो । मरिगए टोकिएन । निल्छु भनेको घाँटीमा गएर अड्क्यो । परेन फसाद १ घाँटीमा देब्रे हातले हानेर अड्किएको मासुको टुक्रो ख्वाक्क गरेर निकालें अनि हरियो धानको गाँँजतिर सुइँक्याइ दिएँ । थालमा रहेको मासुको अर्को टुक्रो नचपाइकन हुँइक्याइ दिएँ ।
दालसँग दलबहादुरले दरोगरी दालभात खायो त्यतिबेला । यो कुरा अहिलेसम्म सम्झना छ । त्यतिबेलाको निल्न र टोक्न नसकेको मासु, डोजर९ बंगुर०को रहेछ । जीवनमा पहिलोपटक मुखमा हालेको थिएँ । त्यहि कुरा घरमा आएर बालाई भनें । उनले दोभानखोलामा नुहाउन पठाए । घरमा आएपछि धूप बालेर, सुनपानी छर्केर घरभित्र पसाले । आइन्दा खाने छैन भनेर उठबस समेत गराए । तीन तले त्यो मासु, दिदी माइत आउन हतारोको कारण पाकेन होला । मेरो खाने बानी नपरेको मासुको चोक्टो भएरपनि टोक्न र निल्न सकस भएको होला ।
आज पनि तीजको दर खाने दिन आयो भने त्यही साथी यमबहादुर थापामगर र उनकी दिदीको याद आइहाल्छ । दिदी अहिलेपनि सकुशलै छिन् । यमबहादुर पनि जाती नै छ । उनीहरुले बंगुरको मासु खान के गर्छन् थाहा छैन । मैले भने धानको गाँजमा उहिलेनै फालेपछि खाको छैन । साथीहरुले मिठो हुन्छ । खाम भन्छन् । मैले भने फालेको बंगुर खेततिर हुर्केको छैन भनेर टारिदिन्छु ।
नेपाली समाजमा तीजमा दर खाने चलन कसरी आयो होला रु पहिलेको जस्तो त छैन तर निरन्तरता कसरी प्राप्त होला रु नेपाली लोकसंस्कृति र संस्कारका रुपमा रहेका तीजगीतको महिमालाई कसरी जोगाउन सकिएला रु यस्तै कुरा गर्दै विगत सम्झेको छु ।
प्रतिक्रिया